प्रदीपका हातमा फिल्मै फिल्म ? « Khabarhub

प्रदीपका हातमा फिल्मै फिल्म ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेशन’ कै बाँकी काममा व्यस्त छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्काको जोडी नायिका जसिता गुरुङसँग बाँधिएको छ ।

चर्चा त यो पनि चल्छ कि, प्रदीप र जसिता वास्तविक जीवनमा पनि प्रेममा छन् । त्यसो त केही फिल्ममा उनै कलाकार दोहोरिएपछि सिनेमा क्षेत्रमा यस्ता हल्ला फैलिनु सामान्य नै भइसकेको छ ।

चैत्र २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ रिलिज हुने मिति नजिकिँदै गर्दा प्रदीपले खेल्ने भनेका फिल्मका बारेमा पनि चर्चा चल्न थालेको छ ।

प्रदीप खड्काको फेसबूकबाट

त्यसो त औपचारिक घोषणा नभएसकेको रामबाबु गुरुङको फिल्म ‘बेला’ मा उनी अनुबन्ध हुने पक्काजस्तै थियो । तर ‘बेला’ को निर्माण अझै पछाडि सरेको छ । अहिले भने प्रदीपको नाम अर्को फिल्म ‘कबड्डी ३’ मा पनि हुने भन्ने हल्ला छ । अर्कातिर उनी अर्को फिल्म ‘शुभ विवाह’ मा पनि अनुबन्ध भएका छन् ।

यीबाहेक प्रदीपले फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गर्नेछन् । यो फिल्ममा चाहिँ प्रदीपले किन पनि अभिनय गर्न जरुरी छ भने, प्रदीपलाई चिनाउने विशेष फिल्म भनेकै प्रेमगीत र प्रेमगीत २ हुन् । यसरी हेर्दा वर्ष केही बाँकी रहँदा प्रदीपले अभिनय गर्ने भनेर धेरै नाम सार्वजनिक भइरहेका छन् ।

छानेर मात्र फिल्म लेख्ने प्रदीपले फिल्म ‘लभ स्टेशन’ पछि कुन फिल्ममा अभिनय गर्लान्, यो भने दर्शकको चासोको विषय हो यतिबेला ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : १५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म