प्रदीपका हातमा फिल्मै फिल्म ? « Khabarhub

प्रदीपका हातमा फिल्मै फिल्म ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेशन’ कै बाँकी काममा व्यस्त छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्काको जोडी नायिका जसिता गुरुङसँग बाँधिएको छ ।

चर्चा त यो पनि चल्छ कि, प्रदीप र जसिता वास्तविक जीवनमा पनि प्रेममा छन् । त्यसो त केही फिल्ममा उनै कलाकार दोहोरिएपछि सिनेमा क्षेत्रमा यस्ता हल्ला फैलिनु सामान्य नै भइसकेको छ ।

चैत्र २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ रिलिज हुने मिति नजिकिँदै गर्दा प्रदीपले खेल्ने भनेका फिल्मका बारेमा पनि चर्चा चल्न थालेको छ ।

प्रदीप खड्काको फेसबूकबाट

त्यसो त औपचारिक घोषणा नभएसकेको रामबाबु गुरुङको फिल्म ‘बेला’ मा उनी अनुबन्ध हुने पक्काजस्तै थियो । तर ‘बेला’ को निर्माण अझै पछाडि सरेको छ । अहिले भने प्रदीपको नाम अर्को फिल्म ‘कबड्डी ३’ मा पनि हुने भन्ने हल्ला छ । अर्कातिर उनी अर्को फिल्म ‘शुभ विवाह’ मा पनि अनुबन्ध भएका छन् ।

यीबाहेक प्रदीपले फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गर्नेछन् । यो फिल्ममा चाहिँ प्रदीपले किन पनि अभिनय गर्न जरुरी छ भने, प्रदीपलाई चिनाउने विशेष फिल्म भनेकै प्रेमगीतप्रेमगीत २ हुन् । यसरी हेर्दा वर्ष केही बाँकी रहँदा प्रदीपले अभिनय गर्ने भनेर धेरै नाम सार्वजनिक भइरहेका छन् ।

छानेर मात्र फिल्म लेख्ने प्रदीपले फिल्म ‘लभ स्टेशन’ पछि कुन फिल्ममा अभिनय गर्लान्, यो भने दर्शकको चासोको विषय हो यतिबेला ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : १५ बजे

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले

६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष