प्रदीपका हातमा फिल्मै फिल्म ? « Khabarhub

प्रदीपका हातमा फिल्मै फिल्म ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेशन’ कै बाँकी काममा व्यस्त छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्काको जोडी नायिका जसिता गुरुङसँग बाँधिएको छ ।

चर्चा त यो पनि चल्छ कि, प्रदीप र जसिता वास्तविक जीवनमा पनि प्रेममा छन् । त्यसो त केही फिल्ममा उनै कलाकार दोहोरिएपछि सिनेमा क्षेत्रमा यस्ता हल्ला फैलिनु सामान्य नै भइसकेको छ ।

चैत्र २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ रिलिज हुने मिति नजिकिँदै गर्दा प्रदीपले खेल्ने भनेका फिल्मका बारेमा पनि चर्चा चल्न थालेको छ ।

प्रदीप खड्काको फेसबूकबाट

त्यसो त औपचारिक घोषणा नभएसकेको रामबाबु गुरुङको फिल्म ‘बेला’ मा उनी अनुबन्ध हुने पक्काजस्तै थियो । तर ‘बेला’ को निर्माण अझै पछाडि सरेको छ । अहिले भने प्रदीपको नाम अर्को फिल्म ‘कबड्डी ३’ मा पनि हुने भन्ने हल्ला छ । अर्कातिर उनी अर्को फिल्म ‘शुभ विवाह’ मा पनि अनुबन्ध भएका छन् ।

यीबाहेक प्रदीपले फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गर्नेछन् । यो फिल्ममा चाहिँ प्रदीपले किन पनि अभिनय गर्न जरुरी छ भने, प्रदीपलाई चिनाउने विशेष फिल्म भनेकै प्रेमगीत र प्रेमगीत २ हुन् । यसरी हेर्दा वर्ष केही बाँकी रहँदा प्रदीपले अभिनय गर्ने भनेर धेरै नाम सार्वजनिक भइरहेका छन् ।

छानेर मात्र फिल्म लेख्ने प्रदीपले फिल्म ‘लभ स्टेशन’ पछि कुन फिल्ममा अभिनय गर्लान्, यो भने दर्शकको चासोको विषय हो यतिबेला ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : १५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा