प्रदीपका हातमा फिल्मै फिल्म ? « Khabarhub

प्रदीपका हातमा फिल्मै फिल्म ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेशन’ कै बाँकी काममा व्यस्त छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्काको जोडी नायिका जसिता गुरुङसँग बाँधिएको छ ।

चर्चा त यो पनि चल्छ कि, प्रदीप र जसिता वास्तविक जीवनमा पनि प्रेममा छन् । त्यसो त केही फिल्ममा उनै कलाकार दोहोरिएपछि सिनेमा क्षेत्रमा यस्ता हल्ला फैलिनु सामान्य नै भइसकेको छ ।

चैत्र २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ रिलिज हुने मिति नजिकिँदै गर्दा प्रदीपले खेल्ने भनेका फिल्मका बारेमा पनि चर्चा चल्न थालेको छ ।

प्रदीप खड्काको फेसबूकबाट

त्यसो त औपचारिक घोषणा नभएसकेको रामबाबु गुरुङको फिल्म ‘बेला’ मा उनी अनुबन्ध हुने पक्काजस्तै थियो । तर ‘बेला’ को निर्माण अझै पछाडि सरेको छ । अहिले भने प्रदीपको नाम अर्को फिल्म ‘कबड्डी ३’ मा पनि हुने भन्ने हल्ला छ । अर्कातिर उनी अर्को फिल्म ‘शुभ विवाह’ मा पनि अनुबन्ध भएका छन् ।

यीबाहेक प्रदीपले फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गर्नेछन् । यो फिल्ममा चाहिँ प्रदीपले किन पनि अभिनय गर्न जरुरी छ भने, प्रदीपलाई चिनाउने विशेष फिल्म भनेकै प्रेमगीतप्रेमगीत २ हुन् । यसरी हेर्दा वर्ष केही बाँकी रहँदा प्रदीपले अभिनय गर्ने भनेर धेरै नाम सार्वजनिक भइरहेका छन् ।

छानेर मात्र फिल्म लेख्ने प्रदीपले फिल्म ‘लभ स्टेशन’ पछि कुन फिल्ममा अभिनय गर्लान्, यो भने दर्शकको चासोको विषय हो यतिबेला ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : १५ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा