तीन महिना बन्द सुकेटार विमानस्थलमा आजदेखि उडान शुरु | Khabarhub Khabarhub

तीन महिना बन्द सुकेटार विमानस्थलमा आजदेखि उडान शुरु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महिनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहीबारदेखि उडान शुरु भएको हो ।

यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो ।

लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ–ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । नियमित उडान भने हुन सकिरहेको छैन । ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन् । तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन् ।

उडान शुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए । मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ९ : ०२ बजे

डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार

संघीयता सबलीकरण र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय

अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित

काठमाडौं– सत्तारूढ नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

बागलुङ- बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ ।