अघिल्लो चरणमा पुग्ने नेपालको गणितीय सम्भावना, यस्तो छ हिसाव « Khabarhub

अघिल्लो चरणमा पुग्ने नेपालको गणितीय सम्भावना, यस्तो छ हिसाव


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ ।

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ । ‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अङ्क जोडेको छ । नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएइ नेपालसँग पराजित भएको थियो । समान अङ्क भए पनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ । यस्तै नेपालले कुवेतसँग खेल्नेछ । अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ । थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ ।

नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अङ्क हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टि–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनेपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ ।

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टि–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डसँगको हार नेपालका लागि छनोटमा बाधक बनेको प्रतिक्रिया दिए । “यो पटक हामीलाई थाइल्याण्डसँग अघिल्लो महिना बेहोरेको हारको बदला लिने अवसर थियो, त्यसमा सफल हुन नसक्दा ग्लोबल क्वालिफायर छनोट कमजोर बन्यो”, दासले भने ।

नेपाल महिला राष्ट्रिय टोली अघिल्लो महीना थाइल्याण्डमै भएको टि–२० स्म्यास क्रिकेटको फाइनलमा पनि थाइल्याण्डसँगै पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा अपराजित रहँदै नेपालले फाइनलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।

अहिलेसम्मको खेल तालिका यस प्रकार रहेको छ ।

टोली खेल जित हार अङ्क नेट रनरेट
थाइल्याण्ड ५ ५ ० १० ३.४४९
संयुक्त अबर इमिरेट्स (युएई) ५ ४ १ ८ १.८४३
नेपाल ५ ४ १ ८ ०.३४५
चीन ६ ३ ३ ६ ०.३३७
हङकङ ५ १ ४ २ –०.६५३
मलेसिया ५ १ ४ २ –१.८७९
कुवेत ५ ० ५ ० –३.७५३

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : २७ बजे

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो