मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ? « Khabarhub

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?

काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि सरकारले सात स्थानमा अन्डर पासको तयारी गरिरहेको जवाफ दिए । मन्त्री महासेठले भने, “काठमाडौँको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वरलगायतका स्थानमा अन्डर पासको व्यवस्था गर्न काम अगाडि बढाइएको छौँ ।”

काठमाडौँका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ ? एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले फेरि पाइप राख्ने भन्दै बाटो खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ? काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष ती पत्रकारले फेरि अर्को प्रश्न तेर्‍याए ।

मन्त्रीको जवाफ थियो, “हामीले जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ उसले नै तत्काल त्यो बाटो पुरेर कालो पत्र गर्नुपर्ने कडा निर्देशन दिएका छौँ र त्यहीअनुसार काम भइरहहेको छ र त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।” उनले काठमाडौँ शहरलाई व्यवस्थित गर्नका लागि पुल र सडक निर्माणको काम भइरहेको बताए ।

मन्त्री महासेठले विगतको तुलनामा वर्तमान सरकारले पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरेहको बताए ।

“सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३ सय वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ”, उनले भने ।

हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूत गतिका काम भइरहेको जानकारी दिँदै मन्त्री महासेठले रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : २६ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५