अमेरिकी राजदूत बेरीले गरे ऐतिहासिक हनुमानढोका गद्दी बैठकको अवलोकन « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे ऐतिहासिक हनुमानढोका गद्दी बैठकको अवलोकन


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ सालमा गएको विनासकारी भूकम्पका कारण भत्किएको हनुमानढोकास्थित ऐतिहासिक गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ ।

पुरातत्व विभाग, अमेरिकन दूतावास, काठमाडौं महानगरपालिका, हनुमानढोका कार्यालय लगायतको समन्वय र आर्थिक सहयोगमा गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको हो ।

गद्दी बैठकको पुनर्निणर्माण सम्पन्न भएसँगै अब चाँडै सर्वसाधारणका लागि समेत खुल्ला गरिने छ ।

ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएसँगै मंगलबार नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सचिव केदार अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायतले अवलोकन गरे ।

अबदेखि गद्दी बैठकको ठूलो हल निर्देशित भ्रमणको लागि खुला गरिनेछ भने भुइ तल्लामा पुराना कला र ऐतिहासिक सामाग्री सहितको एक संग्राहलय हुने जनाइएको छ ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षण कोषमार्फत झन्डै ९ लाख डलरभन्दा बढीको सहयोगमा गद्दी बैठक र सँगै जोडिएको सानो द्वारसहितको भवन पुननिर्माण गरिएको हो ।

अमेरिकी दूतावसले गद्दी बैठकको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

हनुमानढोका गद्दी पुनर्निर्माण भएसँगै यसले भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : २६ बजे

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, छ घाइते

झापा– कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौं– बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको