रुस अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा « Khabarhub

रुस अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ ।

यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह सञ्चारमन्त्री अलेक्सी सोकोलोभले भने ‘परीक्षणले इन्टरनेट सेवाग्राही र सेवा प्रदायकहरुले साइबर खतराको प्रतिक्रिया गर्न सक्ने देखाएको छ,’ ।

यस प्रकिृयामा जस्तो सुकै अवस्थामा पनि आफ्नो इन्टरनेटको सुरक्षादेखि प्रयोगकर्ताको सुरक्षासमेत जाँचिएको छ ।

रुसी इन्टरनेट अधिकारीहरुले भने सरकारले आफ्नो छुट्टै इन्टरनेट ल्याएको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले आफूहरुलाई विश्व इन्टरनेटबाट जुनसुकै बेला छुट्याने र यसले पूरै देशलाई हटाउन सक्ने भन्दै गम्भिर भएका छन् ।

यसै वर्षको मे १ मा रुसी राष्ट्रपति भ्लादमीर पुटिनले इन्टरनेटसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । उनले ‘विश्वव्यापी इन्टरनेटको देशव्यापी विकल्पका रुपमा सार्वभौम इन्टरनेटको विकास’ गरिएको बताएका थिए । यसैअनुसार रुसका इन्टरनेट सेवा प्रदायकहरुले केन्द्रीय डाटा नियन्त्रक उपकरण इन्सटल गरेका थिए ।

गत मार्चमा रुसको राजधानी मस्कोमा यसका विरुद्ध प्रदर्शनसमेत भएको थियो । प्रदर्शनकर्ताहरुले ‘इन्टरनेट बन्द’ भन्ने नाराका साथ विश्व इन्टरनेट सञ्जालबाट रुसलाई हटाउन खोजेकोमा खेद व्यक्त गरेका थिए । तर, पुटिनले भने यसको बचाउ गर्दै देशमा इन्टरनेट सेवा बन्द नहुने बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ४४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट