व्यवसाय श्रीवृद्धिका लागि अपनाउनुस् श्रीमद्भागवत गीतामा उल्लेख यी पाँच सूत्र ! « Khabarhub

व्यवसाय श्रीवृद्धिका लागि अपनाउनुस् श्रीमद्भागवत गीतामा उल्लेख यी पाँच सूत्र !


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत गीतामा मानिसको जीवनलाई अगाडि बढ्न तथा सफलता हात पार्नका लागि निकै उपयोगी श्लोकहरु छन् ।

जस्तो कि कर्म गर फलको आशा नगर, भूत भनेको बितिसक्यो त्यसका लागि व्यर्थमा नरोऊ, भविष्य भनेको अन्धकार छ त्यसको लागि चिन्ता नगर, जे छ वर्तमानमा छ त्यसमा तिमी रमाउने कोसिस गर । मननयोग्य पाँच श्लोक र अर्थ-

कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन
का कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। २–४७

‘कर्म’का बारेमा धेरै कुराहरु गरिएका छन् र सुनिएका छन् । तर यसको मुख्य विषय भनेको यी दुई लाईनमा अडिएको छ । हरेक मानिसले आफ्नो कर्ममा केन्द्रित हुनुपर्छ जस्तो कि कुनै पनि कुराको नतिजामा केन्द्रित नभई कर्म गर्ने ।

अन्तिम नतिजामा आफूलाई केन्द्रित गर्नुभन्दा त्यहाँ पुग्ने प्रक्रियामा रमाउन सक्यौं भने नै हामी अगाडि बढ्न सक्छौं । जब हामी अन्तिम नतिजा यस्तो होला उस्तो होला भनेर सोच्ने गर्छौं तर हामीले कामको सुरुवातबाट त्यहाँ नपुगिन्जेलको रमाइलो नै बिर्सन्छौं ।

हामीले बुझ्नुपर्छ कि आशाहरु राख्नु र सकारात्मक हुनु गलत कुरा हैन तर बिना कर्म हाम्रो बाटो अत्यन्त कठिन हुन्छ, हामी त्यहाँ पुग्न सक्दैनौं । कुनै पनि कुराको सुन्दरता भनेको कडा बाटोमा हिंडनु र त्यसरी हिंड्दा रमाउनुमा नै लुकेको हुन्छ ।

यदि कुनै पनि व्यक्ति त्यो बाटो हिंड्दा धेरै रमायो या धेरै डरायो भने ऊ लड्ने सम्भावना हुन्छ ।

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्ण–
न्यन्यानि संयाति नवानि देही ।।२२।।

यस श्लोकले भन्न खोजेको के हो भने– जे पनि भन्न सजिलो छ कि विविधता र ग्रहण गर्ने क्षमता नै सफलताको साँचो हुन् । तर कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो शिक्षा भनेको छिटो परिवतर्नलाई ग्रहण गर्न सक्नु नै हो ।

आफ्नो पहिलो सोचाई या विचारमा नै अडिग नरहनुहोस् । ग्रहण गर्ने क्षमताको विकास गर्नुहोस्, खोज्नुहोस् र नयाँ नयाँ अवसरलाई आउन दिनुहोस् । आफ्नो व्यवसायिक यात्रालाई एउटा यात्रुको जस्तो अगाडि बढाउनुहोस्, जो कुनै शहर हेर्नका लागि वा कुनै रमाइलो ठाउँ हेर्नका लागि यात्रा गर्दै मात्र रमाउनका लागि र अनुभव बटुल्नका लागि यात्रा गर्ने गर्छन् ।

आफ्नो विचारलाई खुला राख्नुहोस् । याद राख्नुहोस्, परिवर्तन मात्र एउटा यस्तो चिज हो जुन सधैं उस्तै रहन्छ, अर्थात् परिवर्तन नै भइरहन्छ ।

क्रोधाद्भवति संमोह: संमोहात्स्मृतिविभ्रम:।
स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति॥

हरेक व्यवसायीका लागि आफ्नो क्रोधमाथि नियन्त्रण राख्नु अति नै आवश्यक हुन्छ । रीससँगै हाम्रो सोच्न सक्ने क्षमतामा ह्रास आउँछ र हामी द्विविधामा पर्ने सम्भावना बढ्छ ।

जब क्रोधमा हुन्छौं हामी तब दोधारेपन आउँछ र दोराधेपनले सृजना गरेको तनावले हाम्रो सोच्न सक्ने क्षमतामा कमी ल्याउँछ । यस्तो अवस्थामा हामी आफ्नो गोल र उद्देश्यबाट वञ्चित हुन पुग्छौं । कुनै पनि मानिसले जसले आफ्नो गोल या उद्देश्य बिर्सन्छ ऊ जीवनमा भौतारिन पुग्छ र उनीहरुले सफलता पाउन सक्दैनन् ।

यसकारण, मानिसहरुले आफूलाई रीसबाट टाढा राख्न जरुरी हुन्छ । यसको सामान्य समाधान भनेकै केन्द्रित रहनु नै हो । कहिल्यै पनि आफ्नो गोलबाट आफ्नो ध्यान नहटाउनुहोस् र धैर्य गर्ने क्षमतालाई नजरअन्दाज नगर्नुहोस् ।

तस्मादसक्तः सतर्त कार्यं कर्म समाचर ।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पुरुषः ।।

हरेक कुराप्रति उदार र खुल्ला विचार राख्ने बानीको विकास गर्नुपर्छ र साथै कुनैपनि कुरासँग धेरै जोडिनु पनि हुँदैन । कुनै पनि कुरासँग धेरै जोडिँदा त्यसले हामीलाई काम गर्ने शक्ति र माया त दिन्छ तर त्यसले हाम्रो परिधिलाई पनि संकुचित बनाइदिन्छ ।

धेरै चाहना र लगावले लोभलाई जन्म दिन्छ । लोभले आफ्नो सही सपना र गोलबाट टाढा लैजान्छ । त्यसैले आफ्नो कामसँग पनि अत्यधिक लगाव राख्नु हुँदैन, यसले तपाईको व्यवसायिक यात्रालाई कष्टकर र छिटै नै बन्द गराउन सक्छ ।

बजारमा के भइरहेकोछ भन्ने कुरालाई लिएर सधैं खुला विचार र धारणा राख्नुपर्छ । आफ्नो गोलप्रति दृष्टि लगाइ राख्नुहोस् तर त्यसका लागि मरिहत्ते पनि नगर्नुहोस् ।

धूमेनव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनार्वतो गर्भस्तथा तेनेदमावृत्तम् ।।

यो एउटा सामान्य श्लोक हो जसमा एकदमै गहिरो अर्थ लुकेको छ । यो एक प्रकारको श्राप जस्तो पनि हो जस्तो कि कुनै पनि लुकेको कुरा दृष्टिभ्रम गर्ने खालको हुन्छ ।

उदारहणका लागि, आगो धुँवाबाट ढाकिएको हुन्छ, जसले हामीलाई त्यहाँ नजिक पुग्नबाट रोकिरहेको हुन्छ, हामी त्यसलाई नहटाई त्यो भित्र के लुकेको छ देख्न सक्दैनौं । त्यसै गरी ज्ञान पनि इच्छाभित्र लुकेको हुन्छ, त्यो इच्छालाई हामीले नदेखेको जस्तो गर्नुपर्छ कि त त्यसलाई त्याग्नुपर्छ ।

हामीले इच्छा र लोभहरुको पर्दालाई वेवासता गरेपछि पाउनेले ज्ञानले मात्र हामीलाई अगाडि बढ्न मद्दत गर्छ । यो पक्कै पनि सजिलो छैन तर ज्ञानी मान्छेले सजिलै के कुरा ग्रहण गर्ने र के कुरालाई छोड्ने भन्ने कुरा जानेको हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ४० बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको