पोखरामा पर्यटक लक्षित यातायात सेवा « Khabarhub

पोखरामा पर्यटक लक्षित यातायात सेवा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ ।

पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ्रे, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताए ।

पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो । रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताए ।

फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ छ/छ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

रुपाकोट रिसोर्टको पाँचौँ वार्षिकोत्सव

रुपाकोट रिसोर्टले सञ्चालनको पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका बीच बिहीबार मनाएको छ । सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले पर्यटकीय नगरी पोखरा र पर्यटनको पर्याप्त सम्भावना बोकेको रुपाकोट जोडिनु अपरिहार्य भएको बताए ।

रुपाकोट रिसोर्टले यहाँको पर्यटकीय पहिचानमा महत्वपूर्ण योगदान गर्नुका साथै पूर्वाधार विकासलगायतमा प्रेरणा दिएको बताए । बेलायती राजकुमार चाल्र्सले यही क्षेत्रमा पदयात्रा गर्नुभएको बताउँदै उनले यो पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने कार्यमा गाउँपालिका लागेको बताए ।

पानी, बाटोलगायतका अत्यावश्यकीय पूर्वाधार एवं आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिका लागेको बताउँदै उनले समाजमा केही गर्छु भन्ने सोचका जो कोहीलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ३७ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग