‘आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नक्कल गर्नुहुन्न’ « Khabarhub

‘आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नक्कल गर्नुहुन्न’


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

ज्याक मा चीनको सबैभन्दा धनी व्यक्ति हुन् ।  टुरिष्ट गाइडबाट उद्यमी बनेका सूचना प्रविधि क्षेत्रका व्यवसायी हुन् । विश्वका सफल व्यवसायी मध्येमा चिनिन्छन् ज्याक । उनको जन्म सन् १९६४ सेप्टेम्बर १० मा हनग्श्होउ शहरमा भएको थियो ।

उनको जीवन कठिनाई र चुनौतीले भरिएको छ । उनी स्कुलदेखि व्यापारसम्ममा कयौं पटक असफल भए तर उनी हार मान्ने खालका व्यक्ति थिएनन् ।

यी हुन् ज्याक माका २० सफलताका शुत्रहरु

१. हार कहिल्यै नमान किनकी आज कठिन छ, भोली अझै कठिन हुनेछ तर पर्सी उज्यालो जरुर देखिने छ ।

२. तपाईंले आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नकल गर्नुहुन्न । नक्कल गर्नुभयो कि सम्झनुस् तपाईंको मृत्यु भयो ।

३. धैर्य र आत्मविश्वास त्यो जरुरी कुरा हो, जुन तपाईंसँग हुन जरुरी हुन्छ ।

४. म आफुलाई खुसी राख्न प्रयत्न गर्छु, किनकी मलाई थाहा छ, म नै खुसी भइन भने मेरा सहयोगीहरु पनि खुसी हुने छैनन् ।

५. मेरो शेयरहोल्डर खुसी छैनन् भने मेरा ग्राहक पनि खुसी हुन्नन् ।

६. म चाहन्न मलाई मान्छेहरुले मनपराउन्, बरु म चाहन्छु मान्छेहरुले मेरो सम्मान गरुन् ।

७. म आफुलाई आँखा नभएको बाघमा सवार नेत्रहीन व्यक्ति भन्छु ।

८. आफ्नो साथका मान्छेहरु सही चाहिन्छ, न कि सबैभन्दा उत्तम ।

९. हामीसँग कहिल्यै पैसाको कमी हुँदैन । कमी छ भने सपना देख्नेहरुको, जो सपनाको लागि मर्न तयार होऊन् ।

१०. कहिल्यै पनि पैसाको प्रतिस्पर्धा नगर्नुहोस्, बरु सेवा र इनोभेसनका लागि प्रतिस्पर्धा गर्नुहोस् ।

११. अरुको सफलताबाट भन्दा उसको गल्ती र असफलताबाट सिक, किनकी सफलताको भिन्दा–भिन्दै कारण हुनसक्छ तर विफलताका कारण लगभग समान हुन्छ ।

१२. यदी तपाईंले कहिल्यै प्रयत्न नै गर्नुभएन भने मौका छ भन्ने कुरा तपाईंले कहिल्यै थाहा पाउनुहुने छैन ।

१३. यदी तपाईंले हार मान्नुभएन भने सम्झनुस् तपाईंसँग अझै मौका छ । हार मान्नु सबैभन्दा ठूलो असफलता हो ।

१४. जीवनमा तपाईं कति गर्नसक्नुहुन्छ भन्ने तपाईंलाई कहिल्यै थाहा हुँदैन ।

१५. अचेल पैसा कमाउनु धेरै सजिलो छ तर जिम्मेवारीपूर्वक र संसारलाई सुधार्दै निरन्तर पैसा कमाउनु गाह्रो छ ।

१६. यदी तपाईंसँग कुनै पनि कुरालाई फरक–फरक नजरले देख्नसक्ने मान्छेहरु छन् भने सफलता पाउन सजिलो हुनेछ ।

१७. जहाँ समस्या छ, त्यहाँ नै मौका हुन्छ । मात्र चाहिन्छ, मौका देख्न सक्ने नजर ।

१८. बुद्धिमानलाई नेतृत्व गर्न कुनै मूर्खको आवश्यकता हुन्छ । यदी टिममा सबै वैज्ञानिक छन् भने किसानले नेतृत्व गरोस्, किनकी उस्को सोच्ने तरिका फरक हुन्छ ।

१९. जीवन धेरै छोटो र सुन्दर छ । यसैले कामप्रति धेरै गम्भीर नबन, जीवनको आनन्द लेऊ ।

२०. यसले कुनै फरक पार्दैन कि म असफल भएँ, कम्तीमा मेरो अनुभव कसैलाई काम त लाग्छ । यदी म असफलै भए पनि कोही अरु त सफल हुनसक्छ !

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ०२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर