होर्डिङ् बोर्ड, भित्तेलेखन तथा पर्चा पम्प्लेट हटाउन थाल्यो महानगर « Khabarhub

होर्डिङ् बोर्ड, भित्तेलेखन तथा पर्चा पम्प्लेट हटाउन थाल्यो महानगर


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाह्य बिज्ञापनका लागि सहरमा राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई काठमाडौं महानगरपालिकाले तीब्रता दिएको छ ।

यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी रहेको उनले बताए ।

‘हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै आएका थियौं, उनले भने ‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यविधिलाई पूर्ण कार्यान्वयन गर्ने हाम्रो अभियान हो, भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायत सहरलाई कुरुप बनाउने सबै सामाग्री हटाउँछौं ।’

बिहीबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो ।

यसप्रकारका प्रचार सामाग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको थियो । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : ४३ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६