थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत « Khabarhub

थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड – थाइल्याण्डको विपक्षी गठबन्धनले गत आइतबार भएको आम निर्वाचन अन्तर्गत तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको छ । थाइल्याण्डको राजनीतिमा निकै प्रभावशाली मानिने सिनावात्रा परिवार समर्थित फ्यु थाई पार्टी नेतृत्वको डेमोक्र्याटिक फ्रन्ट नामक गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको हो ।

फ्यु थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार सुदरत केयुराफानले पत्रकारहरुसँगको कुराकानीका क्रममा विपक्षी गठबन्धनले तल्लो सदनको ५ सय मध्ये २ सय ५५ सिटमा विजयी भएको जनाएकी हुन् । यद्यपि त्यहाँको निर्वाचन आयोगले निर्वाचनको औपचारिक परिणाम भने घोषणा गरिसकेको छैन ।

७ पार्टी सम्मिलित विपक्षी गठबन्धनले तल्लो सदनमा सामान्य बहुमत ल्याएपनि गठबन्धनले सरकार बनाउन भने सक्नैछैन । सन् २०१४ यता सत्तामा रहेको सैनिक सरकारले सन् २0१७ मा जारी गरेको संविधान अनुसार सरकार बनाउन माथिल्लो सदन सिनेटले पनि मतदान गर्नेपर्ने प्रावधान छ ।

२ सय ५० सिट रहेको सिनेटका सबै सदस्यलाई सरकारले मनोनयन गर्नेपर्ने व्यवस्था रहेकाले दुबै सदनका गरी कुल ७ सय ५० मध्येको सामान्य बहुमत ३ सय ७६ सांसद्ले प्रधानमन्त्री चुन्नेछन् । यस्तोमा माथिल्लो सदनका सदस्यहरुले विपक्षी नेतालाई प्रधानमन्त्रीमा मत नदिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनले तल्लो सदनमा २ सय ५५ सिट नै ल्याएको भएपनि उसले सरकार बनाउन माथिल्लो सदनका थप १ सय २१ सदस्यले विपक्षीलाई मत दिनुपर्ने हुन्छ । वर्तमान सरकारले नै मनोनयन गर्ने भएकाले उनीहरुमध्ये कसैले पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन मत दिने अवस्था भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ०३ बजे

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि