जग्गा हडप्न झिटी-गुन्टासहित सयौंको संख्यामा कोशीटप्पु पुगेपछि (फोटो फिचर) « Khabarhub

जग्गा हडप्न झिटी-गुन्टासहित सयौंको संख्यामा कोशीटप्पु पुगेपछि (फोटो फिचर)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एमके माझी

सप्तरी– कोशी टप्पु वन्यजन्तु आरक्षको खाली जग्गा सरकारले सकुम्वासीहरुलाई वितरण गर्न लागेको भन्ने भ्रामक प्रचारको पछि लागेर झिटी गुन्टा सहित बुधबार बिहानै विभिन्न जिल्लाका मानिस कोशी टप्पु वन्यजन्तु आरक्षको खाली जग्गा हडप्न पुगे ।

दैनिक उपभोग्य सामग्रीसहित सयौंको संख्यामा पुगेका  उनीहरुले सप्तरीको कन्चनपुर नगरपालिका–१ वैरवा नजिकको खाली क्षेत्रमा  धमाधम घर बनाउने थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

सो क्रममा प्रहरी र जग्गा हडप्न गएकाहरुबीच झडप समेत भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । झडपका क्रमम तीन जना प्रहरी घाइते भएका छन् भने एक दर्जन बढीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्ष भावेष रिमालले जानकारी दिए । अन्तत: घर टहरा बनाउन पुगेका उनीहरुलाई प्रहरीले बल प्रयोग हटाएको छ ।

विभिन्न जिल्लाबाट ठूलो संख्यामा आएका व्यक्तिहरुले जग्गा अतिक्रमण गरी घर बनाउन खोजेको भन्ने आरक्ष प्रशासनले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट त्यसतर्फ ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

झडपको क्रममा घर बनाउन आएकाहरुको अगुवाई गर्ने मंगोलियन समूहका प्रदेश २ का इन्चार्ज शक्ति राईसहित एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको डीएसपी रिमालले जानकारी दिए ।

मंगोलियन समूहले सप्तरीमा सरकारले सकुम्वासीहरुलाई जग्गा वितरण गर्न लागेको भ्रामक प्रचार गरेपछि झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखासम्मका व्यक्ति आरक्षको खाली जग्गामा घर बनाएर बस्ने योजनाका साथ आएका थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटना बारे बुझ्दै जाँदा मंगोलियन समूहले नै उनीहरुलाई जग्गा पाउने झुठो प्रचारबाजी गरेर यहाँ सम्म ल्याएको खुल्न आएको बताए । उनले भने, “यस बारे थप अनुसन्धान भइरहेको छ ।”

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : ०७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण