अब पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य हुन्छ– प्रमुख निर्वाचन आयुक्त « Khabarhub

अब पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य हुन्छ– प्रमुख निर्वाचन आयुक्त


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पुर्ण प्रयास र प्रयत्नहरु निश्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफु प्रयत्नशील रहने बताए ।

निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनिय बनाएर मात्रै मुलुकमा शुसासन कायम हुन सक्ने भन्दै उनले सम्पुर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गरे । निर्वाचनमा निष्ठा र इमान भन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाईनुपर्ने तर्क गरे ।

उनले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।

थपलियाले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ५६ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड