सत्ता टिकाउन नागरिकता बाड्न थालियो भने देश रहँदैन– उपाध्याय « Khabarhub

सत्ता टिकाउन नागरिकता बाड्न थालियो भने देश रहँदैन– उपाध्याय


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउदै गए मुलक नै नरहने चेतावनी दिएका छन् ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा अख्तियारका पूर्व प्रमुख उपाध्यायले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाई गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत भएको टिप्पणी गरे ।

उनले सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने बर्षौदेखि चल्दै आएको गलत प्रवृति विरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने बताए ।

उपाध्यायले २०६३ साल देखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्र्दभमा नेताहरुले मुलुकभित्रैबाट विभिन्न प्रपञ्च गर्ने गरेको दाबी पनि गरे । उनले शान्ति सम्झौता पछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाड्ने काम नै ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।
कार्यक्रममा नागरिक अगुवा साध्य बहादुर भण्डारीले संविधान संसोधन गरेर विदेशीले नेपाली नागरिकता पाउने सम्पुर्ण प्वाल बन्द गर्नुको सट्टा सरकारले तक्मा लगाउने काम गरेको आरोप लगाए ।

संसदको राज्यव्यवस्था समितिमा नागरिकता विधेयक सम्बन्धी छलफल चलिरहेका बेला गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरणको काम हुन थालेपछि यसको चौतर्फी विरोध हुदै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ३० बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड