बम विस्फोट– बिहान ४ : १५ को टाइमर, बेलुकी ४ : १५ मै विस्फोट « Khabarhub

बम विस्फोट– बिहान ४ : १५ को टाइमर, बेलुकी ४ : १५ मै विस्फोट


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार राजधानीमा भएको विस्फोटका विषयमा नयाँ पत्रिका दैनिकले ‘ बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट’ शीर्षकमा समाचार छापेको छ ।

‘एएम’ र ‘पीएम’को अलमलले योजनाभन्दा १२ घण्टा अगाडि नै विस्फोट भएको समाचारमा जनाइएको छ । विप्लव समूहका चार कार्यकर्ताको मृत्यु, ७ घाइतेको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । त्यसैगरी सोमबार (आज)को बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने याजना, तर तीन ठाउँमा अघिल्लो बेलुकी नै विस्फोट, राजधानीका थप चार ठाउँमा बम भेटिएको समाचारमा जनाइएको छ ।

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सोमबार बिहान ४ : १५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ : १५ मा विस्फोट भएको प्रहरीको भनाइ छ। सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको भएको बताएका छन्।

त्यसैगरी नख्खुदेखि नागढुंगासम्म विप्लव समूहको विस्फोट शृंखला शीर्षकमा अर्को समाचानर छापेको छ भने विप्लवको नियत प्रस्ट भयो शीर्षकमा अर्को समाचार छ । सरकाले संयमता नअपनाएको होइन । विप्लव समूहले उदण्डता देखाएको हो । हिंसा गर्नुहुँदैन भन्दाभन्दै दैनन्दिन उहाँहरुले शान्ति व्यवस्था तोड्दै जानुभएको छ । उहाँको नियत के रहेछ आज प्रष्ट भइहाल्यो ।

हामीले बारम्बार वार्तामा आउनुस्, छलकपट र हिंसाको राजनीति नगर्नुस् भन्दै आएका छौं । अब मुलकले हिंसा थेग्न सक्दैन, जनताले हिंसा चाहेका छैनन्, भिनिरहेका छौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाइलाई उद्धृत गरिएको छ ।

त्यसैगरी पत्रिकाले कर नै नतिरी ब्रिटिस काउन्सिल सञ्चालनमा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । ६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले स्थानीय तहले खर्च गर्न सकेनन साँढे २८ अर्ब अनुदान शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च गर्न सकेनन् ।

आव ०७४/७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएको समाचारमा जनाइएको छ । त्यसैगरी पत्रिकाले ७ अर्बको लगानीमा संघीय संसद भवन बनाइँदै शीर्षकमा अर्को समाचार पनि छापेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ५४ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये