३५ हजार घुस लिने नासु र शाखा अधिकृत पक्राउ « Khabarhub

३५ हजार घुस लिने नासु र शाखा अधिकृत पक्राउ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भद्रपुर– झापाको भद्रपुरस्थित व्यवसायिक तथा शीप विकास तालिम केन्द्रका नायब सुब्बा राजकुमार धिमाल घुस रकमसहित पक्राउ परेका छन् ।

तालिम कार्यक्रम सञ्चालन गरेबापत रकम भुक्तानी गर्नका लागि सेवाग्राहीसँग लिएको ३५ हजार घुससहित नायव सुब्बा धिमाल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले धिमाललाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

उक्त घुस प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : १४ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ