बम विस्फोटमा ज्यान गुमाउने ४ जनाकै पहिचान खुल्यो (नामावलीसहित) « Khabarhub

बम विस्फोटमा ज्यान गुमाउने ४ जनाकै पहिचान खुल्यो (नामावलीसहित)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार अपराह्न राजधानी काठमाडौंमा भएका छुट्टा–छुट्टै बम विस्फोटनका घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ ।

काठमाडौंको घट्टेकुलो भएको विस्फोटमा परी ज्यान गुमाउनेको यसअघि नै पहिचान खुलेको थियो । प्रहरीका अनुसार घट्टेकुलोमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेमा बझाङ घर भएका प्रज्वल शाही हुन् ।

यस्तै काठमाडौंको सुकेधारा (ढलाने पुलनजिक) सैलुन पसलमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने ३ जनाको पनि पहिचान खुलेको छ ।

प्रहरीका अनुसार सुकेधारमा भएको विस्फोटमा ज्यान गुमाउनेमा कालिकोट घर भएका ४५ वर्षीय निरन्तर मल्ल तथा ४० वर्षीय विभुराम भिनने दिपेन विक र दाङ घर भएका गोकुल रानामगर छन् ।

महोत्तरीको रामनगर–३ घर भएका जीव कुमार ठाकुरले सञ्चालन गरेको सैलुन पसलमा भएको विस्फोटमा उक्त पसलमा काम गर्ने छोटु ठाकुरको अहिले उपचार भइरहेको छ ।

सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त विस्फोटमा घाइते भएकामध्ये अहिले ३ जनाको ओम अस्पताल र १ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका रुकुम सानोभेरी गाउँपालिकाका रवीन केसीको पनि वीर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै आइतबार साँझै काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित आदित्य इटा–भट्टानजिक भएको विस्फोटमा २ जना भाइते भएका थिए । उक्त विस्फोटमा घाइते भएकामध्ये ललितपुर घर भएका ३० वर्षी बुद्ध लामाको वीर अस्पताल र काठमाडौंको चन्द्रागिरी–३ घर भएका २९ वर्षीय बिक्रम लामाको शहीद मेमोरिय अस्पताल कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ५ : ४१ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा