चर्चामा आउने ‘काइदा’ जानेकी प्रियंका- सामाजिक सञ्जालमा हिट, फिल्ममा फ्लप « Khabarhub

चर्चामा आउने ‘काइदा’ जानेकी प्रियंका- सामाजिक सञ्जालमा हिट, फिल्ममा फ्लप


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीका यस्ता कुनै फिल्म छैनन्, जुन फिल्ममा उनको कामको खुबै तारिफ भएको हो । सबै फिल्म उत्तिकै औसत छन् । तुलनात्मक रुपमा सबै फिल्ममा प्रियंकाले उस्तै अभिनय गरेकी छिन् ।

केही वर्ष चर्चाको उत्कर्षमा पुगेकी प्रियंका विवादमा आइरहने अभिनेत्री पनि हुन् । तर, त्यस्ता विवादमा पनि प्रियंकाले आनन्द लिइरहेकी हुन्छिन् ।

दिनको २ घण्टा सुतेर अरु समय काम गर्न सक्ने बताउने प्रियंका पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै जम्न सकेकी छैनन् । एक हिसाबले त पछिल्लो पुस्ताका उदाएका नायिका शिल्पा मास्के, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतले उनको व्यस्ततालाई ओरालो लगाइदिए । भलै ती नायिकाहरु व्यस्त हुँदै गर्दा प्रियंका पनि व्यस्त नै छिन् ।

तर, दुःखको कुरा के हो भने प्रियंका कार्कीको करिअर पछिल्लो समय ओरालो लागेको लाग्यै छ । उनले अभिनय गरेका फिल्म पनि एकपछि अर्को गर्दै फ्लप भएका छन् । हलमा उनका फिल्म हेर्न दर्शक आउँदैनन् ।

केही हप्ताअघि रिलिज भएको फिल्म ‘प्रेम दिवस’ को हालत पनि उस्तै भयो । फिल्म आएको र गएको पत्तै भएन । न त प्रियंकाले उक्त फिल्मको खुलेर प्रचार गरिन् ।

हलमा फ्लप भइरहेकी प्रियंका सामाजिक सञ्जालमा भने हिट छिन् । त्यसो त उनले सामाजिक सञ्जालमा बिकिनी अवतारका तस्वीरहरु शेयर गर्ने गर्छिन् । कति फ्यानले उनको यो रुपको विरोध गरिरहे पनि प्रियंकाले आफ्ना सेक्सी तस्वीर शेयर गर्न भने छोड्दिनन् ।

कतिपयले भने फिल्मको यात्रा ओरालो लागेपछि चर्चामा आउन यस्ता तस्वीर शेयर गरेर दर्शकको ध्यान तान्न खोजेको अड्कल काट्दै आएका छन् । कतिले प्रियंकाले शेयर गर्ने ती तस्वीरले समाजमा समेत नकारात्मक असर पार्ने टिप्पणी गरेका छन् ।

जे होस्, कुनै समय नायिका रेखा थापाले पनि आफ्नो ग्ल्यामर रुप प्रस्तुत गरेर नम्बर वान नायिका बनेकी थिइन् । तर, अहिले रेखाको चर्चा झण्डै शून्यजस्तै छ । सोही बाटोमा हिँडेकी प्रियंकाको करिअर अब कसरी अगाडि बढ्दै जाला, त्यो एउटा प्रश्न रहला । तर, प्रियंकाले आफ्नो अभिनयमा सुधार ल्याउनुको साटो हट तस्वीरमा आफूलाई सीमित गर्नु भनेको एक हिसाबले क्षणिक चर्चामा रमाउनु नै हो भन्ने स्पष्ट छ ।

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : १५ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको