फ्रान्समा ठट्यौलो शैलीमा देखिए ट्रम्प र मोदी « Khabarhub

फ्रान्समा ठट्यौलो शैलीमा देखिए ट्रम्प र मोदी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो।

भेटघाटपछि सञ्चारकर्मी अगाडि आएका दुई नेताहरू ठट्यौलो शैलीमा प्रस्तुत भए।

उनीहरूबीच के कुराकानी भयो भनेर सोधिँदा मोदीले हिन्दीमा भने, “मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुहोस्, हामीहरू कुरा गरिहन्छौँ। जब आवश्यकता हुन्छ तब हामी अवश्य पनि तपाईँहरूलाई जानकारी गराउँछौँ।”

मोदीको यो प्रतिक्रियापछि उनीतिर सङ्केत गर्दै ट्रम्पले भने, “वास्तवमा उनी एकदम राम्रो अङ्ग्रेजी बोल्छन्… उनी खालि बोल्न चाहँदैनन्।”

ट्रम्पको यस्तो टिप्पणीप्रति प्रधानमन्त्री मोदी खुलेर हाँसे। त्यसपछि उनीहरूले एकअर्कासँग हात जुधाए र मिलाए। यो क्रम केही बेर चलिरह्यो।

उनीहरूको शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसे।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पकै अगाडि कश्मीरबारे मध्यस्थता गर्ने विषयमा भारत र पाकिस्तानबीचको सबै मुद्दा द्विपक्षीय रहेको र त्यसमा कुनै तेस्रो पक्षले टाउको दुखाउनु नपर्ने बताएका थिए।

यद्यपि अघिल्लो महिना राष्ट्रपति ट्रम्पले वाशिङ्टनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अगाडि प्रधानमन्त्री मोदीले कश्मीरको बारेमा मध्यस्थताको कुरा गरेको बताएका थिए।

भारतले त्यतिबेला कुनै पनि किसिमको प्रस्तावबारे चर्चा भएको विषय अस्वीकार गरेको थियो।

राष्ट्रपति ट्रम्पका अनुसार प्रधानमन्त्री मोदीले आफूलाई कश्मीरबारे सबै कुरा बताउँदै स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका थिए।

भारत र पाकिस्तानले आफ्ना विषय मिलेर समाधान गर्ने भन्दै ट्रम्पले दुवै देशका प्रधानमन्त्री आफ्ना असल मित्र रहेको बताए। बीबीसीबाट

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ३३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको