रविले भने : हिरासत बसाइँले नयाँ अनुभव भयो, राजनीतिक यात्राका लागि ताल्चा लागेको छैन « Khabarhub

रविले भने : हिरासत बसाइँले नयाँ अनुभव भयो, राजनीतिक यात्राका लागि ताल्चा लागेको छैन


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा सर्वाधिक चर्चित भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेपछि अझै बढी चर्चित भएका छन् । उनले आफ्ना समर्थकलाई पत्रकार सम्मेलन नै गरेर धन्यवाद भनेका छन् ।

चितवनमै गरिएको पत्रकार सम्मेलनमा उनले हिरासतको बसाइले नयाँ अनुभव भएको बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको पनि लामिछानेले बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएको बारे पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो । उनले त्यसको जवाफ भने घुमाउरो पारामा दिएका थिए । उनले भनेका थिए, ‘त्यसको जिम्मा प्रहरी प्रशासनको हो । उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने गर्न पछि पर्ने छैन् ।’

देशभर रविका पक्षमा भएको समर्थन देखाउँदै उनलाई राजनीति प्रति आकर्षण भएको हो भनेर प्रश्न सोधिएको थियो । उनले राजनीतिमा आउने संकेत गरेपनि अहिले नै राजनीतिमा उत्रने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘राजनीतिमा सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

उनले राजनीति क्षेत्रमा भएको बेतिथी र बिसंगतीलाई पत्रकारिताकै माध्यमबाट संग्ल्याउने पनि उनले बताए । लामिछानेले भने, ‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ । तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ५८ बजे

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी