रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित « Khabarhub

रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले गरेको फोहोरका कारण चितवनको भरतपुरको वातावरण दुर्गन्धित बनेको छ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण यहाँको वातावरण दुर्गन्धित बनेको भरतपुरबासीको गुनासो छ ।

भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा यत्रत्यत्र अवस्थामा फोहोर फालिएको स्थानीयले बताए ।

रवीका समर्थकहरुले केही ठाउँका सडकमा टायर बालेर समेत प्रदर्शन गरेका थिए । आन्दोलनका लागि बालिएको टायरको धूलो (खरानी)ले समेत सडक कुरुप बनेको स्थानीयले बताए ।

‘उनीहरु (रविका समर्थकहरु)ले पानीका बोत्तल, विभिन्न कागजलगायतका फोहोर सडकमै फालेर गएका छन्,’ भरतपुरका एक होटेल व्यवसायीले भने, ‘महानगरपालिकालाई पनि फोहोर उठाउन समस्या भएको छ । केही दिनका लागि यहाँको वातावरण दुर्गन्धित नै हुने जस्तो देखिन्छ ।’


तस्वीरहरु– ज्ञानम रुम्बा तामाङको फेसबूकबाट

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १ : ०५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति