१५ दिनको कैद सजाय सुनाइएका अभियुक्त ५ महिनापछि पक्राउ « Khabarhub

१५ दिनको कैद सजाय सुनाइएका अभियुक्त ५ महिनापछि पक्राउ


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले १५ दिनको कैद सजाय सुनाएका एक अभियुक्त ५ महिनापछि पक्राउ परेका छन् ।

सापटी लिएको रकम भुक्तानी गर्नका लागि पैसा नै नभएको खाताको चेक दिएको भन्दै काठमाडौंको मनमैजु घर भएका ५५ वर्षीय प्रभात बिक्रम थापाविरुद्ध अदालतले १५ दिनको कैद सजाय समेतको फैसला सुनाएको थियो ।

थापाले आर्थिक व्यवहार मिलाउनका लागि अर्जुन तामाङबाट ८ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । तर, ऋण तिर्ने बेला थापाले पैसा नभएको सिभिल बैंकको चेक दिएका थिए ।

सिभिल बैंकको पुतलीसडक स्थित शाखाले थापले अर्जुनका नाममा दिएको चेक बाउन्स गरेको थियो । आफूलाई दिइएको चेक बाउन्स भएपछि अर्जुनले बैंकिङ कसुरअन्तर्गत थापाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

४ चैत २०७५ मा मुद्दाको फैसला सुनाउँदै पाटन उच्च अदालतले थापाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

तर, थापा भने अदालतको फैसलापछि फरार थिए । फरार रहेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा पठाएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  ३ : १६ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई