भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदेशको शाहजहाँपुरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ट्रकले टेम्पोलाई ठक्कर दिएपछि सडक किनारमा रोकेर राखिएको यात्रुवाहक भ्यानमाथि बजारिएको थियो ।

दुर्घटनामा अरु पाँच जना घाइते भएको जनाइएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउ–दिल्ली राजमार्गअन्तर्गत शाहजहाँपुर नजिक तीब्र गतिमा खाली ट्रक दौडिरहेको थियो । सोही बेला ट्रकका अगाडि एक्कासी यात्रुवाहक टेम्पे आइपुग्यो । ट्रकले ब्रेक लगाउन प्रयास गरेपछि ट्रकको नियन्त्रण गुम्न पुग्यो । त्यसलगत्तै ट्रक टेम्पोमा ठोक्कियो र नजिकै रोकिरहेको यात्रुवाहक भ्यानमा बजारिन पुग्यो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : १४ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो