भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदेशको शाहजहाँपुरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ट्रकले टेम्पोलाई ठक्कर दिएपछि सडक किनारमा रोकेर राखिएको यात्रुवाहक भ्यानमाथि बजारिएको थियो ।

दुर्घटनामा अरु पाँच जना घाइते भएको जनाइएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउ–दिल्ली राजमार्गअन्तर्गत शाहजहाँपुर नजिक तीब्र गतिमा खाली ट्रक दौडिरहेको थियो । सोही बेला ट्रकका अगाडि एक्कासी यात्रुवाहक टेम्पे आइपुग्यो । ट्रकले ब्रेक लगाउन प्रयास गरेपछि ट्रकको नियन्त्रण गुम्न पुग्यो । त्यसलगत्तै ट्रक टेम्पोमा ठोक्कियो र नजिकै रोकिरहेको यात्रुवाहक भ्यानमा बजारिन पुग्यो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : १४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा