सडक नापेर मात्र विकास भन्न मिल्दैनः मुख्यमन्त्री पौडेल « Khabarhub

सडक नापेर मात्र विकास भन्न मिल्दैनः मुख्यमन्त्री पौडेल


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माणमा मात्र ध्यान दिएर समृद्धि नआउने बताउनुभएको छ । उनले वास्तविक अर्थमा विकास हुनका लागि समग्र क्षेत्रको विकास हुनुपर्ने बताए ।

तेश्रो जिल्ला परिषद् धादिङको मङ्गलबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडक नापेर विकास यति भयो उति भयो भन्न नमिल्ने बताए । उनले सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पाएको स्थानीय र प्रदेश सरकार विकासमा जुट्नुपर्ने बताए ।

ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकीकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमका लागि माग गर्न गरेको आग्रहअनुसार धादिङबाट कुनै पनि माग नपरेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जिल्ला समन्वय समितिले सबै स्थानीय तहसँग समन्वय गरेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले २७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लाको एकीकृत मार्गचित्र तयारी गर्ने, जिल्लालाई पूर्ण सरसफाइ जिल्ला बनाउने बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणमा सहजीकरण गर्ने, पर्यटन, रोजगारी सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : १८ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र