कृषि विकास बैंक ह्याकिङ प्रकरण– थप ३ जना पक्राउ « Khabarhub

कृषि विकास बैंक ह्याकिङ प्रकरण– थप ३ जना पक्राउ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले काठमाडौं, कञ्चनपुर र पर्वतबाट गरी थप ३ जनालाई पक्राउ गरिएको बताए ।

थापाका अनुसार काठमाडौंबाट गणेशप्रसाद बस्याल, कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये कञ्चनपुरका यज्ञराज भट्टको खातामा ४५ लाख रुपैयाँ पठाइएको पाइएको एसएपी थापाले बताए । यस्तै, पर्वतबाट पक्राउ परेकी न्यौपानेको खातामा २८ लाख रुपैयाँ ट्रान्सफर भएको देखिएको छ ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ सहित अहिलेसम्म १६ जना पक्राउ गरिसकेको छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी कृषि विकास बैंक प्रकरणको ह्याकिङमा संलग्न १२ जना पक्राउ परेका जानकारी दिएको थियो ।

बिहीबार मात्रै प्रहरीले स्याङ्जाबाट थप १ जनालाई पक्राउ गरेको थियो ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने अपराध महाशाखाका प्रमुख थापाको भनाइ छ ।

थापाका अनुसार कृषि विकास बैंकको आन्तरिक प्रणाली ह्याक गरी विभिन्न व्यक्तिको खातामा रकम पठाइएको छ । यसअघि ८ जना व्यक्तिको बैंक खातामा मात्रै रकम पठाइएको देखिए पनि अनुसन्धानका क्रममा अन्य व्यक्तिको खातामा पनि रकम गएको देखिएको एसएसपी थापाले बताए ।

‘कृषि विकास बैंकबाट एउटा व्यक्तिको खातामा गएको रकम उक्त व्यक्तिको खाता हुँदै अर्को व्यक्तिसम्म पुगेको देखिन्छ,’ एसएसपी थापाले भने, ‘यसरी हेर्दा यो ह्याकिङमा अझै धेरै जना संलग्न रहेको देखिन्छ । अनुसन्धान जारी छ । अन्य व्यक्ति पनि पक्राउ पर्न सक्छन् ।’

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४९ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका