दशैँ खर्च जुटाउन राउटेका अगुवाहरु दाङमा « Khabarhub

दशैँ खर्च जुटाउन राउटेका अगुवाहरु दाङमा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परापूर्वकालदेखि जंगली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् ।

शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको पनि जानकारी दिए । कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरुलाई दशैँमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हुँदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए ।

“हामी सुर्खेतको कान्छी बजार भन्ने जंगलको डाँडामा बस्दै आएका छौं”, उनले भन्नुभयो, “दशैं खर्चको लागि गाडी चढेर दाङसम्म आयौँ । दशैँमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।” शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए ।  “हामी दाङमा माग्न आएका छौं । अर्को मुखियाको टोली काठमाडौं माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।”

पहिले दाङको जंगलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए । “हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।” सरकारले मासिकरुपमा दिँदै आएको रु दुई हजार निकै थोरै भएको उहाँले गुनासो गरे ।

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमा आएका थिए । उनीहरुले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका कार्यालयमा पुगेर सहयोग जुटाएका थिए ।

सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् । राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले रु २० हजार नगद दिनुभएको थियो भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रु सात हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ३१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा