भारत– पाकिस्तान तनाव : इमरानले बोलाए नेशनल कमाण्ड अथोरिटीको बैठक, के गर्ला निर्णय ? « Khabarhub

भारत– पाकिस्तान तनाव : इमरानले बोलाए नेशनल कमाण्ड अथोरिटीको बैठक, के गर्ला निर्णय ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानमा जैश ए मोहम्मदको शिविरमा निशाना बनाएसँगै भारत र पाकिस्तानबीच तनावको स्थिति उत्पन्न भएको छ ।

भारतीय हमलापछि पाकिस्तानबाट पनि कडा प्रतिक्रिया आएको छ र दुबैतिर सुरक्षा बैठक र प्रेस ब्रिफिङ जारी छ ।

भारत सरकारले भारतीय वायुसेननाको लडाकू विमानले पाकिस्तान भित्र पसेर जैश ए मोहम्मदको क्याम्पलाई धवस्त पारेको दाबी गरेको छ भने पाकिस्तानले उसको वायु सेनाले भारतीय विमानलाई खेदेको दाबी गरेको छ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार(आज) नेशनल कमाण्ड अथोरिटी (एनसीए) को बैठक बोलाएका छन् । यो बैठक निकै महत्वपूर्ण हुने र यसले महत्वपूर्ण फैसला लिने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

के हो एनसीए ?

यो पाकिस्तानको उच्च सैन्य मञ्च हो जहाँ देशको सरक्षा नीतिसँग जोडिएका ठूला फैसला लिने गरिएको छ । पाकिस्तानको परमाणु हतियारको सञ्चालन पनि एनसीएको फैसलामा हुने वगरेको छ ।

रणनीतिक रुपमा महत्वपूर्ण परमाणु तथा मिसाइल सम्बन्धी सबै नीतिगत विषयको निर्णय लिने वा उच्चतम प्राधिकरण एनसीए हो । साथै परमाणु र मिसाइल कार्यक्रमको रेखदेख पनि एनसीएले गर्छ ।

युद्ध र तनावको स्थितिमा एनसीए सेनाको परिचालन बारे पनि निर्णय लिन्छ ।

राजनीतिक तथा सैन्य नेतृत्व दुबै यसको हिस्सा हुन्छन् । प्रधानमन्त्री यसको प्रमुख हुन्छन् । स्थल, वायु तथा नौ सेनाको अध्यक्ष तथा रक्षा मन्त्री र विदेश मन्त्री यसको सदस्य हुन्छन् ।

मंगलबार विहान भारतीय वायु सेनाका विमानले पाकिस्तानसँगको लाइन अफ कन्ट्रोल पार गरेको र पाकिस्तानी आकाशबाटै बम बर्साएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हमलामा जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त भएको र कम्तीमा ३ सय ५० आतंकवादी मारिएको दाबी भारतको रहेको छ । तर पाकिस्तानले भने पाकिस्तानमा क्षति भएको भन्ने भारतीय दाबीको खण्डन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ०२ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,