भारत पाकिस्तान तनावको पछिल्लो घटनाक्रम, बुधबार दिनभर के भयो ? « Khabarhub

भारत पाकिस्तान तनावको पछिल्लो घटनाक्रम, बुधबार दिनभर के भयो ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानले शान्ति चाहेको जनाएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले मंगलबार बिहानदेखि उत्कर्षमा पुगेको भारत पाकिस्तान तनावलाई कम गरी वार्तामा आउन भारतलाई आह्वान गरे ।

भारत प्रशासित कश्मीरको पुलावामामा दुई साताअघि भएको आतंकवादी आक्रमणपछि भारतीय वायुसेनाका लडाकु विमानले मंगलबार सबेरै पाकिस्तानको सीमाभित्र पसेर आतंकवादी समूह जैश–ए–मोहम्मदको तालिम शिविरलाई लक्षित गरी आक्रमण गरेपछि भारत र पाकिस्तानबीचको सम्बन्ध खतरनाक स्तरमा पुगेको हो ।

त्यसपछि बुधबार बिहान पाकिस्तानी वायुसेनाले भारत प्रशासित कश्मीरको हवाई क्षेत्रमा प्रवेश गरेपछि भारतले आक्रमण गरेको र त्यसक्रममा अमेरिकामा निर्मित पाकिस्तानको एक एफ १६ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतीय लडाकु विमानले पाकिस्तानको एक एफ १६ लडाकु विमान खसालेको र पाकिस्तानले जवाफी कारवाही गर्दा भारतीय वायुसेनाको रुसमा निर्मित एक मिग २१ लडाकु विमान खसालेको स्वीकार गरिसकेको छ ।

पाकिस्तानले खसालेका मध्ये एक विमान पाकिस्तानी भूमिमा खसेको तथा अर्को लडाकु विमान भारत प्रशासित कश्मीरमा गई खसेको पाकिस्तानी अधिकारीले जनाएका छन् । घटनामा पाकिस्तानी वायुसेनाका एक पाइलटलाई पक्राउ गरिएको जनाइएको छ । त्यसअघि पाकिस्तानी अधिकारीले दुई भारतीय पाइलटलाई गिरफ्तार गरेको दाबी गरेको थियो । तर, पछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले आफ्नो कब्जामा एकजना मात्र भारतीय पाइलट रहेको जनाएका छन् ।

त्यसबीच पाकिस्तानले भिडियो जारी गर्दै आफूलाई भारतीय वायुसेनाको एअर विङ कमाण्डर अभिनन्दन बताउने मानिसलाई गिरफ्तार गरेको देखाएको छ ।

भारतसँग बदला लिनका लागि नभई आफ्नो मुलुकमाथि आक्रमण भएमा त्यसको जवाफ दिन पाकिस्तान तयार रहेको सन्देश दिनका लागि भारतीय विमान खसालेको प्रधानमन्त्री खानको भनाइ छ ।

त्यस्तै भारतीय अधिकारीले भारत प्रशासित जम्मु–कश्मीरको बडगाममा भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको जनाएका छन् । प्राविधिक गडबडीले भएको दुर्घटनामा भारतीय वायुसेनाका दुई पाइलटको ज्यान गएको बताइएको छ । पाकिस्तानी पक्षले भने त्यस घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

भारत पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानले अफ्नो हवाई क्षेत्रमा व्यावसायिक उड्ययनको लागि ठप्प पारेको छ । त्यसअघि भारतले पनि राजधानी दिल्लीबाट उत्तरमा रहेको हवाई क्षेत्रलाई व्यावसायिक उड्ययन ठप्प पारेको यस्तै घोषणा गरेकोमा पछि त्यसलाई फिर्ता लिएको थियो ।

यता भारत पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालसहित विभिन्न मुलुकले भारत र पाकिस्तानलाई संयमता अपनाउन आह्वान गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालयले दुबै मुलुकलाई संयमता अपनाई शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरेको छ ।

त्यस्तै चीन, अमेरिका तथा संयुक्त राष्ट्रसंघले पनि दुबै मुलुकलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : १९ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ