यस्ता विशेषतासहित सबैभन्दा सस्तो कार बनाउँदै बजाज | Khabarhub Khabarhub

यस्ता विशेषतासहित सबैभन्दा सस्तो कार बनाउँदै बजाज


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय कम्पनी बजाजले सवैभन्दा सस्तो इलेक्ट्रेिक कार निर्माणको तयारी थालेको छ । आगामी वर्षसम्ममा सार्वाजनिक गर्ने लक्ष्यसहित परीक्षण शरु गरेको कम्पनीले जनाएको छ ।

बजाजले छुट्टै ब्राण्ड स्थापना गरी अर्बानाइट ब्रान्डमा निर्माण गरिरहेको इलेक्ट्रिक क्युट ‘क्युट कार इभी’को रुपमा बजारमा आउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले केही दिनअघि सार्वजनिक गरेको बजाज चेतक इलेक्ट्रिक स्कुटरपछि सोही पावरट्रेन र प्रविधिको प्रयोग गरि क्युट इलेक्ट्रिक ल्याउन लागेको हो ।

क्युट कारलाई व्यावसायिक तथा निजी प्रयोगका लागि प्रयोग गर्न सहज हुने गरी डिजाइन गरिएको छ । रेगुलर मोडल बिक्री भइरहेको अवस्थामा कम्पनीले इलेक्ट्रिक भर्सन ल्याउन लागेको हो ।

यसको रेगुलर मोडलको लम्बाई २७५२ एमएम, चौडाई १३१२ र उचाई १६५२ एमएम रहेको छ । यसको ह्वीलबेस भने १९२५ एमएम रहेको छ । इलेक्ट्रिक मोडलपनि त्यस्तै साइजमा उपलब्ध हुने अनुमान गरिएको छ । तर, यसमा फरक सेप र अझै आकर्षक डिजाइनको अलोय ह्वील लगाइएको छ ।

हाल यो मोडल पेट्रोल, डिजेल र सिएनजी भेरियन्टमा बिक्री भइरेको छ । यसको मूल्य २ लाख ५० हजारदेखि २ लाख ८० हजार भारु तोकिएको छ । इलेक्ट्रिक भर्सनको मूल्य रेगुलर मोडलको भन्दा बढि पर्न आउने कम्पनीले जनाएको छ ।

कम्पनीले भारतीय बजारमा भन्दा पहिला यो मोडल रसिया र टर्कीमा सार्वजनिक गर्ने योजना बनाएको छ । यसको पुरानो र नयाँ मोडल बीच धेरै भिन्नता नरहेको बताइए पनि यसमा दिइएको व्याट्री, मोटर र माइलेज जस्ता विषयमा कम्पनीले कुने जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ०७ बजे

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत– विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण