सिस्नुपानी नेपालको ‘देउसी भैलो’ मा शैलेन्द्र सिम्खडाको ठाउँमा यमन श्रेष्ठ « Khabarhub

सिस्नुपानी नेपालको ‘देउसी भैलो’ मा शैलेन्द्र सिम्खडाको ठाउँमा यमन श्रेष्ठ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक वर्ष दिपावलीको अवसर पारेर आयोजना हुने कार्यक्रम ‘देउसी भैलो’ मा यसपटक व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडाको प्रस्तुति नहुने भएको छ । सिम्खडाले ‘माथिको आदेश’ भन्दै सिस्नुपानी नेपालले कार्यक्रममा प्रहसन नगर्ने भनेको प्रतिक्रिया दिएका छन् ।

आफ्ना चोटिला व्यङ्ग्य कविताका कारण सधै चर्चामा रहने सिम्खडाले आफ्ना व्यङ्ग्य चेतका कारण धेरैको ध्यान तान्ने गर्थे । यसपटक भने आफूलाई आयोजकले ‘माथिको आदेश’ भन्दै कार्यक्रममा सहभागी नगराएको व्यङ्ग्यकार सिम्खडाले बताएका छन् ।

आफ्नो प्रस्तुति नेताहरुले मन नपराएका कारण देउसी भैलोमा‍ सहभागी नगराएको सिम्खडाले आरोप लगाए पनि यता सिस्नुपानी नेपालका मनोज गजुरेलले भने संस्थागत रुपमा माथिको दबाब नआएको दाबी गरेका छन् । त्यस्तै सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामान्गेले शैलेन्द्र सिम्खडा सदस्य नभएको बताएका छन् ।

‘जहाँसम्म माथिको दबाबको कुरा छ, संस्थागत रुपमा कसैको दबाब आएको थाहा छैन, मलाई व्यक्तिगत रुपमा कसैले आदेश दिने कुरै भएन किनभने म जनमतको कदर गर्दै अन्तर्मनको आदेशले चल्ने गर्छु,’ मनोज गजुरेलले भनेका छन्, ‘म राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रो भन्छु, यदि कुनै छिद्रबाट त्यस्तो कुनै दबाब वा आदेश आएको थाहा पाएका दिन म त्यहाँ रहने छैन ।’

हास्यकलाकार गजुरेलले यसपटक मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले प्यारोडी गर्ने भएकाले शैलेन्द्र छुटेको बताएका छन् ।

सिस्नुपानी नेपालले हरेक तिहारमा देउसी भैलो कार्यक्रममा आयोजना गर्ने गरेको छ । यस वर्षको व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रम शुरु भइसकेको छ । सिस्नुपानीले २२ औँ संस्करणको देउसी भैलो कार्यक्रम लक्ष्मीपूजाका दिन (आज) नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा प्रस्तुत गर्दैछ ।

यस्तो छ सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामान्गेले जारी गरेको प्रेस रिलिज:

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ४ : ३० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि