पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव « Khabarhub

पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जीप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ ।

चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडपर्वमा अन्य समयभन्दा यात्रुको सङ्ख्या दोब्बरभन्दा बढी हुने गरेका कारणसमेत सवारीसाधनको अभाव हुने गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमबाट झापासम्म दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्दछन् । यहाँका ग्रामीण क्षेत्रबाट समेत तराईका विभिन्न जिल्लामा सवारीसाधन सञ्चालन हुन्छन् । झण्डै ९९ प्रतिशत साना सवारीसाधन चल्ने गरेकाले चाडपर्वमा यात्रुलाई हैरानी हुन्छ ।

हिमाल यातायात प्रालिका कर्मचारी निशान लिम्बूका अनुसार दशैँ र तिहारमा यात्रुको सङ्ख्या थेग्नै नसक्ने हुन्छ । यही समय देश विदेशबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पाथीभरा मन्दिर दर्शन गर्न आउँछन् । कतिपय आफैँ सवारीसाधन लिएर आउँछन् ।

अधिकांशले मेची राजमार्गमा सञ्चालन हुने सवारीसाधन नै प्रयोग गर्छन् । “सवारीसाधन अभावले यात्रु समयमै गन्तव्यमा पुग्न सक्दैनन्”, लिम्बूले भने । सवारीसाधन सीमित तथा यात्रुको सङ्ख्या अत्यधिक हुँदा समस्या हुने गरेको छ ।

विगतमा झापाको विर्तामोड र दमक तथा सुनसरीको धरानबाट इलाम, फिदिम र ताप्लेजुङसम्म बस सञ्चालन हुने गरेको थियो । साँघुरो तथा धेरै घुम्ती भएका कारण मेची राजमार्गमा यात्रुले बसको सट्टा साना सवारीसाधन प्रयोग गर्न रुचाउने गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी