बिहीबारका दिन किन देवताका गुरु बृहस्पतिको पूजा गर्ने ? « Khabarhub

बिहीबारका दिन किन देवताका गुरु बृहस्पतिको पूजा गर्ने ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु