‘ब्रेकअप’ पछि पनि फिल्मको प्रचारमा जुट्दैछन् सारा र कार्तिक « Khabarhub

‘ब्रेकअप’ पछि पनि फिल्मको प्रचारमा जुट्दैछन् सारा र कार्तिक


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा पछिल्लो समय चर्चामा रहेका दुई सेलिब्रेटी सारा अली खान र कार्तिक आर्यनले झण्डै १ वर्ष डेट गरे । त्यसपछि दुवैले ब्रेकअप गरे ।

पछिल्लो समय यो जोडी करण जोहरले आयोजना गरेको एक कार्यक्रममा एकसाथ देखिएका थिए । त्यतिबेला दुवैले अप्ठेरो नमानी तस्वीर खिचाएका थिए । त्यसपछि सारा र कार्तिक आ–आफ्ना फिल्ममा व्यस्त भए । जोडी छुट्यो ।

अब भने यी दुई फेरि एकपटक एकसाथ देखिनेछन्, त्यो पनि फिल्मको प्रचारका लागि । यी दुईले अभिनय गरेको फिल्म ‘लभ आजकल’ को रिमेक ‘आजकल’ को प्रचार शुरु हुँदैछ ।

निर्माण टिमका अनुसार यो फिल्मको भारतका अलग–अलग शहरमा प्रचार गरिनेछ । ब्रेकअपपछि पनि सारा र कार्तिकलाई एकसाथ देख्न सकिनेछ ।

केही समययता कामको व्यस्तताले सारा र कार्तिकले एकसाथ समय बिताउन पाएका थिएनन् । ब्रेकअप भए पनि यी दुईबीच सम्बन्ध राम्रो भएको र कहिलेकाहीँ कुराकानी पनि हुने भारतीय मिडियाले जनाउँछन् ।

‘लभ आजकल’ को रिमेक ‘आज कल’ मोर्डन समयको लभस्टोरी हो । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ३८ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका