प्रमाणकै आधारमा सीमा विवाद समाधानका लागि भारतसँग वार्ता–मन्त्री बाँस्कोटा « Khabarhub

प्रमाणकै आधारमा सीमा विवाद समाधानका लागि भारतसँग वार्ता–मन्त्री बाँस्कोटा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग वार्ता गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका हुन् ।‘हामीले विभिन्न प्रमाण पुगेको जमीनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमीन एक इन्च पनि चाहिँदैन ’ उनले भने ।

‘सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ ।’ सञ्चारमन्त्री बाँस्कोटाले नेपाललाई अर्काको एक इन्चपनि भूमि नचाहिने भन्दै आफ्नो भूमि फिर्ता गराएर छाड्ने प्रतिवद्धता जनाए ।

उनले सीमा विवादको समाधानका लागि सरकारले परराष्ट्रमन्त्रालयमार्फत पहल गरिरहेको बताए । ‘सीमा विवाद नयाँ होइन, यो पुरानो समस्या हो,’ प्रवक्ता बाँस्कोटाले भने, ‘यसको समाधानका लागि वार्ताको आरम्भ गरिसकेका छौँ ।’

उनले कालापानी र लिपुलेक नेपालकै भएको र प्रमाणका आधारमा लिम्पियाधुरासमेत दाबी गरेको उल्लेख गरे । ‘कालापानी र लिपुलेक हाम्रै हो’, मन्त्री बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा लिम्पियाधुराको दाबी गरेका हौँ ।’

तथ्य र प्रमाणले स्थापित भएको कुरा भारतले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले कालापानी मात्र नभएर सुस्ता पनि आफ्नै भएको बताए ।

उनले भारतीय राजपत्र, नक्सालगायत प्रमाणले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म नेपालकै भएको देखिएकाले प्रमाण पेश गर्न सहज भएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ४४ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने