पारस खड्कालाई जब समर्थकले मैदान प्रवेश गरेर खुट्टामा ढोग्न खोजे… « Khabarhub

पारस खड्कालाई जब समर्थकले मैदान प्रवेश गरेर खुट्टामा ढोग्न खोजे…


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ ।

शुरुवाती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए ।

चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिएका थिए ।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरे । मुस्ताफाले ४३ बलमा ५० रन जोडे । भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई/दुई तथा किशोर महतोले एक विकेट लिए ।

पारसलाई ढोग्ने समर्थक

यसैबीच चितवनलाई उपाधि जिताएका कप्तान पारस खड्कालाई समर्थकले मैदानमै छिरेर ढोग्न खोजेका छन् । अन्तिम बलमा बिराटनगरका जितेन्द्र मुखियाले चौका प्रहार गरेका थिए तर पनि त्यो जितक लागि पर्याप्त भएन ।

त्यतिनै बेला चितवनका दुई जना समर्थक दौडिएर मैदानमा प्रवेश गरे । कालो स्वीटर लगाएर एक जना र नेपाली क्रिकेटको जर्सी लगाएका अर्का समर्थक मैदानमा प्रवेश गरेका थिए ।

नेपालको जर्सी लगाएका एक समर्थक पारस खड्का नजिक पुगेर घुँडा भुइमा टेक्दै पारसलाई ढोक्न खोजेका थिए। तर पारस केही पर सरे । तर उनले पछि पारसको खुट्टा भने छोए । उनलाई पारसले उठाए र अंगालो मारे । ती समर्थकलाई पछि आयोजकले बाहिर निकाले ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : २३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले