पर्यटक चढ्ने सवारीका चालकले अनिवार्य रुपमा पोशाक लागनुपर्ने « Khabarhub

पर्यटक चढ्ने सवारीका चालकले अनिवार्य रुपमा पोशाक लागनुपर्ने


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा बिहीबार राजधानीमा सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, “पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौँ ।” उनले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्नसमेत आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र विस्तार गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व रहको बताउँदै यस पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्वअनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्ने बताए ।

“विमानस्थलमा आएका पर्यटकलाई नेपाल घुम्न चालकको साथ महत्वपूर्ण हुने भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्नु आवश्यक छ,” उनले भने, “नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता प्रशिक्षणले सहयोग मिल्छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले विसं २०६९ देखि सार्वजनिक सवारी साधनमा भाडा समायोजन नभएका कारण ट्याक्सीले ठग्ने प्रवृत्ति बढेको भन्दै तत्काल यसलाई रोक्न सरकारले भाडा समायोजन गर्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको आवश्यकताअनुसार पर्यटक प्रहरीको सेवालाई विस्तार गर्दै लैजानुपर्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : ३८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील