काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर रशिद खान एक्लैले पाकिस्तान ‘ए’ विरुद्ध ५ विकेट लिएका छन् । उनले ७ ओभर १ बल बलिङ गर्दा ३४ रन खर्चेर ५ विकेट लिएका हुन् ।
उनले पहिलो ओभरको पाचौँ बलमा श्यमल हुसेनलाई आउट गरे । त्यसैगरी, ४ ओभर ६ बलमा माज शदाकत, ६ ओभर ४ बलमा हैदर अली, ३८ ओभर २ बलमा अहमद दानियाल र ४० ओभर १ बलमा सुफ्यान मोकिमलाई आउट गरे ।
अहिले कतारको राजधानी दोहामा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।














प्रतिक्रिया