पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य « Khabarhub

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कतारको राजधानी दोहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

पहिलो इनिङमा पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो । खेलमा नेपालका राशिद खान एक्लैले ५ विकेट लिएका छन् ।

उनले ८ ओभर बलिङ गर्दा ३९ रन खर्चेर ५ विकेट लिएका हुन् ।

उनले पहिलो ओभरको पाचौँ बलमा श्यमल हुसेनलाई आउट गरे ।

त्यसैगरी, ४ ओभर ६ बलमा माज शदाकत, ६ ओभर ४ बलमा हैदर अली, ३८ ओभर २ बलमा अहमद दानियाल र ४० ओभर १ बलमा सुफ्यान मोकिमलाई आउट गरे ।

त्यस्तै नेपालका अभिशेष गौतमले २ तथा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

ब्याटिङतर्फ पाकिस्तानका रोहेल नाजिरले ८३ बलमा ६४ रन बनाए । यस क्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, हसन नवाले ५९ बलमा २८ रन बनाए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : ५२ बजे

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९

पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,