तत्काल ‘ए मेरो हजुर ४’ बनाउँदिनँ: झरना थापा « Khabarhub

तत्काल ‘ए मेरो हजुर ४’ बनाउँदिनँ: झरना थापा


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झरना थापाको फेसबूकबाट ।

काठमाडौं – निर्देशक झरना थापा यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ का कारण चर्चामा छिन् । यो फिल्ममा झरनाको निर्देशन छ भने अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको जोडी छ । फिल्मका दर्शकमाझ यो जोडीको राम्रो चर्चा छ ।

दर्शकले फिल्म ‘ए मेरो हजुर ३’ लाई साथ दिइरहेका छन् । नयाँ वर्षको मौका पारेर रिलिज भएको फिल्मले व्यापार गज्जबको गरेको छ । तर, दोस्रो सातापछि हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज भएपछि भने नेपाली फिल्मले केही दर्शक गुमाएका छन् ।

यसैबीच नायिका तथा निर्देशक झरना थापाले तत्कालै फिल्म ‘ए मेरो हजुर ४’ नबनाउने खबरहबलाई बताइन् । ‘हो, अहिले बताउँदिन, अब मैले पहिले नै घोषणा गरेको फिल्म ‘भागवत् गीता’ मा काम गर्ने सोचमा छु,’ झरनाले भनिन्, ‘यो फिल्म पनि प्रेमकथामा नै आधारित हुनेछ ।’

उनका अनुसार फिल्ममा प्रेम कथा हुनेछ । दुई पात्र भगवत् र गीताबीचको सम्बन्धमा फिल्मको कथा बन्नेछ । अहिले भने कुनै कलाकार पनि तय नगरिएको झरनाले बताइन् ।

झरनाले निर्देशन गरेका दुई फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएका छन् । दर्शकले उनको तेस्रो फिल्मको पर्खाइमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ५६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का