तपाईको मिर्गौलामा पत्थरी भएको त छैन ? यसरी थाहा पाउनुस् « Khabarhub

तपाईको मिर्गौलामा पत्थरी भएको त छैन ? यसरी थाहा पाउनुस्


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ ।

मिर्गौलामा हुने पत्थरी मानिसहरुको कमन समस्या जस्तै भएको छ । पत्थरीको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।

अस्वस्थ्यकर जीवनशैली र असन्तुलित खानपानका कारण मानिसहरुमा पत्थरीको समस्या बढ्दै गएको छ । पछिल्लो समय मिर्गौलामा पत्थरी भएका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ । तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ ।  जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

मिर्गौलामा पत्थरी हुने कारण

–नुनको बढी सेवन गर्ने बानी छ भने त्यसलाई परिवर्तन गर्नुस् । नुनको बढी प्रयोग गर्दा पत्थरी बन्ने प्रक्रिया छिटो हुन्छ ।

–मोटोपनको समस्या

–अत्याधिका मात्रामा माछा मासु र गेडागुडीको सेवन गर्ने व्यक्तिमा प्रोटिन बढी भइ पत्थरी हुनसक्छ ।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

– शरिरमा हुने विभिन्न खालका संक्रमणका कारण पनि पत्थरी हुनसक्छ ।

–पानी कम पीउने मानिसमा पत्थरी हुने जोखिम हुन्छ ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसावबाट विकार पदार्थ निस्कन पाउँदैन । जुन मिर्गौला मै थिग्रिएर बस्छ र पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरी भएको कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाब फेर्न गाह्रो हुन्छ ।

– पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

–ज्वरो आउँछ

– वाकवाक लाग्छ ।

–वान्ता हुने लगायतका लक्षणहरु देखिन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ५० बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा