घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु « Khabarhub

घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको बिश्रामपुर–५ ईटिहायीका ५० वर्षीय दशरथ पण्डित र बाराको परवानिपुर–४ का ५० वर्षीय जवाहिर राम छन् ।

माटोले पुरिएका बाराको परवानिपुरका ४५ वर्षीय राजेन्द्र रामको भने गण्डक अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ घरको जगका लागि खाल्टो खन्ने क्रममा ३ जना माटोमा पुरिएका थिए । तीनैजनालाई उद्दार गरी उपचारका लागि लगिएको बारा बिश्रामपुरका पण्डितको तराईं अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । यस्तै परवानिपुरका जवाहिर रामको गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : १४ बजे

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति