दशैँ ताक्दै फिल्मकर्मी, भिड्दै साम्राज्ञी र केकी ? « Khabarhub

दशैँ ताक्दै फिल्मकर्मी, भिड्दै साम्राज्ञी र केकी ?


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गत वर्ष नेपाली फिल्ममा जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा देखियो, त्यसको तुलनामा अहिले केही कम प्रतिस्पर्धा हुन्छ कि भन्ने देखिएको छ । धेरै फिल्ममेकर थाकेर बसेझैँ आरामले बसिरहेका छन् । केही मेकर भने फिल्म बनाउन घोषणा गरेर मैदानमा उत्रिरहेका छन् ।

धेरैको चासो बनेको छ दशैँमा कुन फिल्म रिलिज होला भन्ने । राम्रा मानिएका मेकर अशोक शर्मा, रामबाबु गुरुङ, दीपकराज गिरी लगायतले आफ्ना फिल्म चाडबाडको अवसर पारेर रिलिज गर्ने तयारीमा छन् । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘कबड्डी ३’ ले त बरु रिलिज मिति अझै तय गरेको छैन । तर अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘रातो टीका निधारमा’ र दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै’ भने दशैँमा नै रिलिज हुने पक्का भइसकेको छ ।

फिल्म पण्डितहरु दशैँमा अरु फिल्म पनि रिलिज हुन सक्ने बताउँछन् ।

तर, पूर्वघोषणा गरिएको फिल्म ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ भिड्ने भएपछि फिल्म क्षेत्रमा यी दुई फिल्मलाई लिएर चर्चा चल्न थालेको छ । संयोगको कुरा के छ भने यी दुवै राम्रा ब्यानर र कमेडी जानरामा निर्माण हुने फिल्म हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, केकी अधिकारी, सुपुष्मा भट्ट लगायका कलाकारको अभिनय रहने फिल्म ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ ।

टिमवर्क र ब्यानरका हिसाबले यो फिल्मबाट दर्शकले धेरै नै आशा गरेका छन् । दर्शकको आशाअनुसारको सन्तुष्टि फिल्मले दिन सक्यो भने यो फिल्मले बम्पर व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्म अहिले छायांकनकै क्रममा छ ।

तस्वीर– आर्यन बिमली

यस्तै झापाबाट छायांकन थालेको फिल्म ‘रातो टीका निधारमा’ को पनि दर्शकले प्रतीक्षा गरेका छन् । दशैँमै रिलिज गर्न सुहाउने गरी फिल्मको कथा तयार पारिएको निर्माण टिम बताउँछ । यो फिल्ममा पनि कमेडी स्वाद हुने निर्माण टिमको भनाइ छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, अंकित शर्मा, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । फिल्मको छायांकन धमाधम भइरहेको छ ।

यो चाहिँ पक्का छ, दशैँमा दुवै फिल्म रिलिज हुनेछन् । दर्शकका लागि भने फाइदाको कुरा छ । जुन राम्रो छ, त्यही फिल्म हेरेर दर्शकले आफ्नो दशैँ विशेष बनाउनेछन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १२ : ०२ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार