दिउँसै हात्तीको बथान आएपछि झापामा त्रास « Khabarhub

दिउँसै हात्तीको बथान आएपछि झापामा त्रास


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- झापाको अर्जुनधारामा मानव वस्तीको बीचमा दिउँसै हात्तीको बथान छिरेपछि स्थानीय त्रसित बनेका छन् । भारततिरबाट बच्चासहित आएका छ वटा हात्ती मंगलबार बिहानदेखि अर्जुनधारा नगरपालिका-५ स्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ ।

हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्तीको निगरानीका लागि खटिएको छ । यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ ।

करिब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाताबाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए ।

हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र कुनै कारणवश हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले जानकारी दिए । झापामा भारतबाट बर्खायाममा आहारको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : २० बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार