समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका : प्रचण्ड « Khabarhub

समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका : प्रचण्ड


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताए ।

‘देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ’, उनले भने । पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गरे ।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष दाहालले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पारे ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : २८ बजे

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक