‘दासढुंगा: च्याप्टर २’ – मदन भण्डारीको अनुहार मिल्ने कलाकारको खोजी « Khabarhub

‘दासढुंगा: च्याप्टर २’ – मदन भण्डारीको अनुहार मिल्ने कलाकारको खोजी


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको रहस्यमयी दुर्घटनालाई लिएर निर्माण हुन लागेको चलचित्र ‘दासढुंगा च्याप्टर २’ का लागि निर्माण टिमले कलाकारको खोजी गरेको छ । निर्माता अपिल विष्टले फिल्मका लागि कलाकार र सह–निर्देशकको खोजी गरेको जानकारी दिए ।

फिल्म युनिटले लागि सह–निर्देशक, कला निर्देशक, सीजीआई निर्देशक, ध्वनि संयोजक, नाटकको पृष्ठभूमिबाट आएका कलाकार र बालकलाकारको खोजी गरिएको जनाएको हो । यस्तै राजनीति शास्त्रमा दख्खल राख्ने र कम्युनिस्ट आन्दोलनका जानकारहरु, मदन भण्डारी र जीवराज आश्रितसँग शारीरिक बनोट मिल्नेलाई पनि मौका दिइने निर्माण टिमले जनाएको छ ।

इच्छुकले फिल्मको आधिकारिक इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्ने बताइएको छ ।

वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा ब.अ.च ८७९३ नम्बरको जीप दुर्घटना हुँदा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो । उक्त दुर्घटनामा चालक अमर लामा बाँचेका थिए । तर पछि चालक लामालाई पनि माओवादीले हत्या गरिदिएपछि यो घटना थप रहस्यमयी बन्न पुगेको छ ।

यसअघि यही घटनामा फिल्म ‘दासढुङ्गा’ निर्माण भएको थियो । सो फिल्ममा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ५६ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर