ग्लोबल छनोटको लक्ष्य– सिंगापुरको सामना गर्दै नेपाल « Khabarhub

ग्लोबल छनोटको लक्ष्य– सिंगापुरको सामना गर्दै नेपाल


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ं– आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा आज (आईतबार) नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् ।

खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे शुरु हुँदैछ । अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन ।

प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ । खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ ।

नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ ।

कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।

आइतबार हुने खेलमा घरेलु टोली सिंगापुरलाई पराजित गर्न सके नेपाल छनोट चरणको एसिया च्याम्पियन बन्नेछ । पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । सर्बाधिक अंक जोड्नेले उपाधि जित्नेछ ।

आफ्नो बाहेक अन्य टोलीबीचको खेलमा अनुकुल नतिजा नआएपछि नेपालको यात्रा थप सहज बनेको हो । एसियाली छनोटको विजेता टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ०६ बजे

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद

झापामा १९ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्लटिङ बस्ने रूद्र बुढाथोकीको घरबाट नगद तथा सुनका विभिन्न

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल