नेप्से दोहोरो अङ्कले घट्यो « Khabarhub

नेप्से दोहोरो अङ्कले घट्यो


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबारदेखि पुनः दोहोरो अङ्कले ओरालो लागेको छ ।

पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । स्टकका अनुसार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् ।

स्टकक अनुसार कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए ।

बिहीबार नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको थियो । सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ विन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बीमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बीमा १०६.८९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड आठ लाख २४ हजार ३०६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ४० लाख ४२ हजार ९४, एनआइसिएशिया बैंक रु दुई करोड १७ लाख चार हजार ५७, शिवम सिमेन्ट रु दुई करोड छ लाख ६८ हजार १५७ र प्रभु बैंक रु दुई करोड छ लाख २४ लाख ७५१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फण्ड ३.५९, एनएमबी हाइब्रिड फण्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशतले आर्जन गरे ।

त्यस्तै युनियन हाइड्रो पावर ८.२३, युनाइटेड इन्स्योरेन्स ६.११, पाँचथर पावर ५.५१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.१७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१३ प्रतिशतले कमाए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ३५ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा