डडेल्धुरामा जिप दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

डडेल्धुरामा जिप दुर्घटना, १ जनाको मृत्यु


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको देवलदिब्यपुरबाट सदरमुकाम अमरगढीतर्फ आउँदै गरेको म १ ज २१० नम्बरको जीप भागेश्वरको सेसागाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार जिप दुर्घटनामा बैतडीको पाटन नगरपालिका–७ घर भएकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको हो ।

करिब १६ जना यात्रु सवार जीप कच्ची बाटोको घुम्तीमा मोडिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ५६ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर