डडेल्धुरामा जिप दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

डडेल्धुरामा जिप दुर्घटना, १ जनाको मृत्यु


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको देवलदिब्यपुरबाट सदरमुकाम अमरगढीतर्फ आउँदै गरेको म १ ज २१० नम्बरको जीप भागेश्वरको सेसागाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार जिप दुर्घटनामा बैतडीको पाटन नगरपालिका–७ घर भएकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको हो ।

करिब १६ जना यात्रु सवार जीप कच्ची बाटोको घुम्तीमा मोडिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ५६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको